Comments Add Comment

सुरु भयो ‘उफ् यो मन’को छायांकन, रीमाले पनि काम गर्ने थियो चर्चा

uff yo man
चलचित्र ‘उफ् यो मन’को छायांकन दार्जलिङमा सुरु भएको छ । चलचित्रमा नायक यशराज गराज र कलाकार रोहित रुम्बा मुख्य भूमिकामा देखिएका छन् । सुरज चन्दले यो चलचित्रको निर्देशन गरिरहेका छन् ।

कलेजमा अध्ययन गर्ने यूवाहरुको कथामा आधारित रहेर यो चलचित्रको छायांकन दार्जलिङको चौरास्ताबाट सुरु गरिएको छ । ३५ दिनसम्म यो रमणीय स्थानमा चलचित्र खिचिनेछ । अनुराधा फिल्मस् इन्टरटनेसनलको ब्यानरमा अनु शाहले यो चलचित्रलाई निर्माण गरिरहेकी छिन् । भारतको सिक्किम, दार्जलिङ लगायतका स्थानमा छायांकन गरिने यो चलचित्रमा दीपक क्षेत्री, समिता गिरी, अमी दाहाल पनि मुख्य भूमिकामा छन् ।

राजुविक्रम थापाले छायांकन गरिरहेको चलचित्रमा कमल राइको नृत्य निर्देशन, सानुकुमार महर्जनको एक्सन, महेश खड्का र रमेश थापाको संगीत रहनेछ । चलचित्रमा नायिका रीमा विश्वकर्माले पनि काम गर्ने चर्चा थियो । रीमा स्वयंमले अनलाइनखबरसँग कुरा गर्दै आफूले यो चलचित्रमा काम गर्न लागेको बताएकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुँदा रीमा चलचित्रमा नदेखिने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment