Comments Add Comment

राजनीतिक चालबाजी नगर्न सरकारलाई राष्ट्रिय जनमोर्चाको चेतावनी

Chitra-bdr-kc

२६ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई द्वेद र राजनीतिक चालवाजी नगरी प्रष्ट कुरा गर्न आग्रह गरेको छ ।

यसअघिको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट व्यवस्थापिका संसदबाट पास भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले बिहीबार संसदमा गरेको सम्बोधन सरकारको नीति तथा कार्यक्रमको झल्को दिने गरी आएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमण नजिकिदै जाँदा संसदमा गरिएको सम्बोधनमा अघिल्लो सरकारका पालामा पारित भइसकेको नीति तथा कार्यक्रम र बजेटबारे भ्रम पार्नेगरी तथा बिस्थापित गर्ने गरी प्रधानमन्त्रीको वक्तव्य आएको छ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारलाई यस्तो राजनीतिक चालवाजी नगर्न आग्रह गर्छौं ।’

साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रियताको पक्षमा अडान लिन जनमोर्चाले आग्रह गरेको छ । नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र आर्थिक हित हुनेगरी मात्र सम्झौता गर्न जनमोर्चाले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment