Comments Add Comment

शिवहरीको अध्यक्षतामा ‘अन्तरराष्ट्रिय कलाकार मञ्चको नेपाल शाखा पुनर्गठन’

nepal shakaha
अन्तरराष्ट्रिय कलाकार मञ्च अमेरिकाको नेपाल शाखा पुनर्गठन गरिएको छ । नेपालको कलाकारिताको विभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा काम गर्ने अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताएका छन् ।

संसारका ३२ वटा मुलुकमा आफ्नो संजाल विस्तार गरिसकेको यो मञ्च साहित्य, संकृती र गीतसंगीत लगायतका विभिन्न कला विधामा कार्यरत कलाकारहरुको अन्रराष्ट्रिय स्तरको पहिलो संगठन हो, जुन सन् २००७ मा अमेरिकामा गठन भएको थियो ।

यो मञ्चको नेपाल शाखाको अध्यक्ष शिवहरी पौडेल, वरिष्ठ उपाध्यक्षमा किरण केसी, उपाध्यक्षमा सिताराम कट्टेल, महासचिवमा कृष्ण ढुंगाना, सचिवमा कमल मैनाली, कोषाध्यक्षमा राजेन्द्र लुइटेल, सह-कोषाध्यक्षमा सविता गुरुङ छन् । मञ्चका केन्दि्रय अध्यक्ष रामप्रसाद खनालले पूनर्गठित नयाँ कार्यसमितीलाई वधाई तथा शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment