Comments Add Comment

दोस्रो मिष्टर बुल्समेनको उपाधि वर्णवाललाई

Mister bulsman (1)

१ असोज, काठमाडौं । मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् ।

ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार ५ सय ५५ राशीसहितको ट्रफी उचाले । उनी ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए ।

उपाधिको लागि पहिलो संस्करणका विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनीसँगै भर्खर भुटानमा सम्पन्न ५० औं एशियन च्याम्पियनसिपमा ७५ केजी तौलमा स्वर्ण पदक जितेका महेश्वर महर्जनले समेत प्रतिस्पर्धा गरेका थिए । दुवैको चुनौतिलाई पन्छाउँदै वर्णवालले उपाधि चुम्न सफल भए ।

५५ केजी तौलबाट कमल भण्डारीले फाईनल प्रतिस्पर्धामा उत्रिएका थिए । स्वर्ण पदक जितेका उनले नगद १५ हजार रुपैयाँ पाए । त्यसैगरी ६० केजी तौलमा .सन्जीव श्रेष्ठ स्वर्ण जित्दै फाइनल प्रतिस्पर्धामा उत्रिए । ६५ केजी तौल समूहमा प्रथम मिष्टर बुल्समेन रामबहादुर दाहालले उपाधिको लागि चुनौति पेश गरेका थिए । ७० केजी तौलमा रामहरि खनालले स्वर्ण पदक जिते । ७५ केजी तौलमा महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भए तर उपाधिबाट भने विमुख नै रहे ।

Mister bulsman (2)

आयोजक बुल्समेन क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङका अनुसार ५५ केजी तौल समूहमा सुरेन्द्रप्रसाद बर्मा, गौरवप्रसाद श्रेष्ठ, कमल भण्डारी, शुशिल विन्दुका र सुरेश गुरुङ अन्तिम प्रतिस्पर्धाको लागि छनोट भएका छन् । ६० केजी तौल समूहमा रमेश कार्की, देवेन्द्र बज्रचार्य, सुपेन्द्र डंगोल, आशिष ढेवाजू, सन्जीवकुमार श्रेष्ठ छन् । ६५ केजी तौलमा रामबहादुर दाहाल, अनिललाल श्रेष्ठ, अमितकुमार मण्डल,ताराबहादुर थापाक्षत्री, किरण यादव रहेका छन् ।

प्रतियोगितामा भारत, हङकङ, मकाउबाट समेत खेलाडीको सहभागिता रहेको छ । शारीरिक सुगठन खेलमा लामो समेत विताएका नारायण प्रधान, विभिन्न प्रतियोगितामा संलग्न रही पदक विजेता सचित प्रधान एवं पत्रकार धन बस्नेतलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment