Comments Add Comment

बार्सिलोना र एथ्लेटिकोले अंक बाँडे

barca६ असोज, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ र लिग लिडर रियल मड्रिडसँगको अंक दुरी कम गर्न असफल भएको छ ।

लिओनल मेस्सी घाइते भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।

बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राकिटिकको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जोगाउन सकेन ।

५९ औं मिनेटमा मेस्सी घाइते भएर मैदान छाडे । त्यसको दुई मिनेटपछि नै कोरिआले एथ्लेटिको मडि्रडका लागि बराबरी गोल फर्काए ।  बार्सिलोनाका जेरार्ड पीके र एथ्लेटिकोका डिएगो गोडिन गोल नजिक पुगेका थिए ।

यो बराबरीले बार्सिलानाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । रियलको १३ अंक छ भने बार्सिलोना १० अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment