Comments Add Comment

प्रेस काउन्सिलद्वारा नयाँ आचारसंहिता जारी

६ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारहरुले गर्न हुने र नहुने कामका बुँदाहरु समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गरेकोे छ । प्रेस काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवको अवसर पारेर बिहीवार नयाँ पत्रकार आचारसंहिता जारी गरेको हो ।

Press-Councilछापा माध्यमका साथै रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर जारी गरिएको आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पुर्‍याउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशन/प्रसारण गर्न नपाइने उल्लेख छ ।

आचारसंहिता अनुसार सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा वाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न पाइने छैन । यसैगरी व्यावसायिक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन पनि नपाइने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिताले १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्तवार्ता र तस्वीर प्रकाशन/प्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

अनलाइन सञ्चार माध्यमहरुले एकपटक पोष्ट गरेका समाचार हटाउन नपाउने आचारसंहितामा उल्लेख छ ।

आचारसंहिताको उल्लंघन गरेमा प्रेस काउन्सिलले पत्रकारको प्रेस पास निलम्बन गर्न निर्देशन दिने छ । यसैगरी सरकारी भ्रमणमा सहभागी नगराउन र सञ्चार माध्यमलाई सरकारी वा सार्वजनिक निकायका तर्फबाट उपलब्ध गराइने सुविधा वा विज्ञापन रोक्न सिफारिस गर्ने छ । उल्लंघनकर्तालाई वर्गिकरणको प्रक्रियाबाट अलग गर्ने आचारसंहितामा उल्लेख छ ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार र संचारमाध्यममा स्वेच्छाचारिता मौलाउँदै गएको र त्यसको परिणाम संचारमाध्यमप्रतिको जनविश्वास पनि कम हुँदै गएका कारण गलत क्रियाकलापलाई निरुत्साहित गर्ने लक्ष्यसहित आचारसंहिता जारी गरिएको बताउनुभयो ।

प्रेस काउन्सिलले यसअघि २०६० सालमा २५ बुँदे आचारसंहिता जारी गरेको थियो । प्रेस काउन्सिल ऐन २०४८ को दफा ७ ले काउन्सिललाई पत्रकार आचारसंहिता जारी गर्ने अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment