Comments Add Comment

चोरीमा संलग्न युवकलाई ११ लाख जरिवाना

१२ असोज, इलाम । चोरीमा संलग्न दुई युवकलाई जिल्ला अदालतले जनही डेढ महिना कैद र १० लाख ८४ हजार ९५४  जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश नवराज दाहालको एकल इजलासले चोरीका मुख्य योजनाकार भनिएका पाँचथर आङसाराङ–६ घर भई बरबोटे–३ बिब्ल्याँटेमा बस्दै आएका ३२ वर्षीय यादव अधिकारी र सोयाङ–१ का उदयविक्रम तामाङलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।

अदालतले मुलुकी ऐन चोरी महलको १ र ३ अनुसार कसुर ठहर गर्दै उनीहरूलाई सोही महलको १४ (१) नम्बरबमोजिम सजाय सुनाइएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।

बिब्ल्याँटे बजारमा रहेको दुर्गाप्रसाद पराजुलीको कविता मनिट्रान्सफर र कविता गहना ट्रेड सेन्टरबाट गत फागुन १७ गते अधिकारी र तामाङसहित आएका युवाको समूहले चोरी गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

मनिट्रान्सफर तथा गहना ट्रेड सेन्टरबाट उनीहरूले २२ तोला सुन र नगद चोरी गरेकामा १७ हजार र करिब १० तोला सुन नभेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment