Comments Add Comment

मलेसियास्थित दूतावास भन्छ- अनर्गल प्रचार भयो

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले केहि समयअघि मलेसियाबाट देशनिकाला गरिएका दुई नेपालीले काठमाडौंमा पत्रकार सम्मेलन गरी राजदूत र दूतावासबिरुद्ध अनर्गल प्रचार गरेकोमा त्यसको खण्डन गरेको छ ।

बिज्ञप्ति जारी गर्दै दूतावासले देश निकाला गरिएका महेन्ऽ जंग शाहले विदेशमा दुःख पाएका नेपालीहरुलाई ठग्ने, विभिन्न प्रलोभनमा पारी पैसा असुल्ने गरेको उल्लेख छ ।

विज्ञप्तिमा गैरआवासीय नेपाली संघको अध्यक्ष भएकै अवस्थ्ाामा कार्यसमितिका सचिव, महासचिव तथा अन्य सदस्य तथा नेपाली व्यवसायी र कामदारहरुसँग नक्कली मलेसियन भिषा लगाइदिएको उल्लेख छ ।

विज्ञप्तिमा एनआरएन मलेसियाले समेत २३ अपि्रल २०१६ मा शाहलाई यस्तै कि्रयाकलापमा संलग्न रहेको भन्दै पदमुक्त गरेको उल्लेख गरिएको छ । दर्जनौ उजुरी परेका शाहलाई मलेसियाका प्रहरी प्रमुख तानश्री खालीद अबुबकरले आतंककारीको आवागमनमा सहज हुने खालका नक्कली कागजात जारी गरेको विश्वास भएको मलेसियामा समाचार आएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

यसैगरी देवी गुरुङ आफै पनि भिषाविहीन रहेकी र हिमालयन रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी, अलपत्र परेका नेपालीहरुलाई घर पठाइदिन्छु, भिषालगाइदिन्छु, पासपोर्ट बनाइदिन्छु भनेर मोटो रकम लिई अलपत्र पारेको र उल्टै पीडितहरुलाई ज्यान मार्ने धम्की दिएको दर्जनौ उजुरी दूतावासमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उनको रेष्टुरेण्टबाट १४ वटा सक्कल नागरिकता र एक राहदानीपनि घरधनीले दूतावासमा बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा श्रम गर्न आएका नेपालीहरुलाई ठग्ने तथा चरम दुःखदिनेलाई कारबाही गर्न राजदूतावास दृढ रहेको र गम्भीर विषयमा समाचार संपे्रषण गर्नु पहिले दूतावासमा पनि बुझ्न सम्बन्धित सञ्चार माध्यामलाई पनि आग्रह गरिएको छ ।

Malesiya-Ambessy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment