Comments Add Comment

भुवन केसीको ‘आजको डायरी’: अनमाेलसँग भेट नै भएन

buwan kc
म प्राय बिहान चाडै उठ्न सक्दिनँ । आज बिहान उठ्दा ८ बजिसकेको थियो । कहिले ९ त कहिले ७ बजे उठ्छु । उठेर फ्रेस भएपछि मैले दुध चिया पिएँ । बिहान मात्र करिब ३ कप चिया पिएँ । स्त्रिmप्ट लेखक प्रदिप भारद्धाज घरमा आउनु भयो । उहाँसँग बसेर नयाँ चलचित्रको बिषयमा छलफल भयो । करिब २ घन्टा हामीले नयाँ चलचित्रको बारेमा नै गफ गर्‍यौं । यसपछि बिहान ११ः३० मा मैले खाना खाएँ ।

आज अकस्मात घरमा प्रकास सुवेदी र सरिता लामिछाने आउनु भयो । बाटो परेर पसेको भन्दै उहाँहरु आउनु भएको थियो । गफगाफमै समय वित्यो । यसपछि मलाई दरबारमार्गको अन्नपूर्ण क्याफे आउनु थियो । अमेरिकाबाट आएकी बहिनीलाई भेट्नु थियो ।

उनै बहिनीसँग मैले भाइटिका पनि लगाएको थिएँ । यतिबेलासम्म मैले ४ कप चिया र ४ कप कफी पिइसकेको थियो । म दिउँसो खाजा खान्न । १० कप जती चिया र कफि भयो भने मलाई पुग्छ ।

बहिनीसँग भेट सकेपछि गाडीको सिट कभर परिवर्तन गर्नु थियो । गाडीको सिट कभर चेन्ज सकेर म कालिमाटी पुगेँ । कालिमाटीको काम सकेर अहिले घर र्फकदै छु । बेलुकी घर गएपछि सामान्य खाना खान्छु । मलाई विशेषगरि अंग्रेजी चलचित्र हेर्न मन लाग्छ । चलचित्र राम्रो लाग्यो भने त सुत्दा १२ पनि बज्छ । आज मेरो दिन साथीहरुसँग भेटेर नै गयो ।

आजको दिनमा मेरो छोरा अनमोल केसीसँग भेट नै भएको छैन । आजको दिन सामान्यतया साथीहरुसँग भेटेर गएकाले पनि राम्रोसँग नै वित्यो । आजको दिनलाई म ५ मा ४ दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment