Comments Add Comment

भारतीय रक्षा विशेषज्ञले नै खण्डन गरे सर्जिकल स्ट्राइकको दावी

India-Pakistan-War

काठमाडौं । केहि दिनअघि भारतीय मिडियाले ठूलो प्राथमिकताका साथ भारतले पाकिस्तानी भूमिमा छिरेर गरेको सर्जिकल स्ट्राइकको दावी पाकिस्तानले त्यतिबेलै खण्डन गरेको थियो ।

तर भारतकै एक रक्षा बिशेषज्ञले, दावी गरिएअनुसारसर्जिकल स्ट्राइक नभएको बताएपछि भारतीय मिडियाको प्रोपोगाण्डा छताछुल्ल भएको छ ।

भारतीय रक्षा बिशेषज्ञ अफसर करिमले भनेका छन् कि ‘त्यसलाई सर्जिकल स्ट्राइक भन्नु गलत हुनेछ । किनकी सर्जिकल स्ट्राइक परमाणु हतियारसँग जोडिएको हुन्छ । र भारतीय सेनाले पाकिस्तानबिरुद्ध जे गरेको हो त्यो क्रस बोर्डर एक्सन हो ।’

यस्तो एक्सन यसअघिपनि दुवै देशका सेनाले गर्ने गरेको बताउँदै उनले यसमा कुनै नौलो कुरा नभएको बताए ।

उनले भनेका छन्, ‘सेनाले यस्तो सानोतिनो आक्रमण दैनिक गरिरहेको हुन्छ । तर सरकारी अनुमतिपछि गरिएको कारबाही अलि गम्भीर हुन्छ । यसपटक भएको यही हो । मलाइ थाहा छ कि हमला कहाँ र कसरी भएको हो ।’

उनले थपे, ‘यो पटक कुरा राजनीतिक तहमा पुगेको छ । यो एकदमै गलत कुरा हो । यस मुद्धामा सेना या सरकारलाई कुनै प्रमाण दिनु जरुरी छैन । यदि तपाईंले प्रमाण दिनुभयो भने पनि त्यसलाई प्रमाणित गर्न सक्नुभएन भने के गर्नुहुन्छ ।’

‘यो मुद्धा सरकार र विपक्षीकोबीच राजनीतिक लडाइँ हो । विपक्षीले सरकारलाई आरोप लगाइरहेको छ भने सरकार यसलाई प्रमाणित गर्ने प्रयास गरिरहेको छ ।’ उनले भने, ‘तर म फेरि भन्छु सर्जिकल स्ट्राइकरको बारेमा सरकार र सेना दुवैले कसैलाई प्रमाण दिनु जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment