Comments Add Comment

सुरक्षित भनिएको ग्यालेक्सी नोट सेभेनमा पुनः आगलागी

samsungसामसुङले सुरक्षित भनी दोश्रोपटक बजारमा पठाएको ग्यालेक्सी नोट सेभेनमा पनि आगलागी भएको छ ।

अमेरिकाको साउथवेस्ट एयरलाइन्सको जहाजभित्र एक यात्रुले बोकेको नोट सेभेनमा आगो लागेको बताइएको छ ।

लुइसभिलेबाट बाल्टिमोरका लागि उड्न थालेको विमानभित्र बुधबार ग्यालेक्सी नोट सेभेनमा धुवाँ आएसँगै सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालेर जहाज खाली गरिएको एयरलाइन्सले पुष्टि गरेको छ ।

गत महिना बजारमा पठाएलगत्तै ब्याट्रीमा समस्या देखिएर विस्फोट हुने र आगलागी हुन थालेपछि सामसुंले सबै नोट सेभेन फिर्ता लिएको छ । फिर्ता लिइएको नोट सेभेनमा देखिएको समस्या समाधान गरिएको भन्दै उसले पुनः सुरक्षित भनिएका ग्यालेक्सी नोट सेभेनकेा बिक्रि सुरु गरेको थियो ।

सुरक्षित भनिएको ग्यालेक्सी नोट सभेन जहाजभित्र पडि्कएर आगो लागेको घटनाको छानविन भैरहेको सामसुंगले जनाएको छ ।

ऋधिकारीहरु तथा विमानसेवा कम्पनीसँग उक्त आगो लागेको भनिएको स्मार्टफोन प्राप्त गरी कारण पत्ता लगाउने विषयमा काम भैरहेको सामसुंगले जनएको छ । उक्त स्मार्टफोनको परीक्षण गरिसकेपछि मात्र अन्य कुरा भन्न सकिने कम्पनीको भनाई छ ।

साउथवेष्ट एयरलाइन्सका प्रवक्ताका अनुसार एकजना यात्रुले आफ्नो ग्याजेटबाट धुवाँ आएको खबर गरेपछि सबै यात्रु तथा चालक दलका सदस्यहरुलाई सुरक्षित रुपमा बाहिर निकालियो ।

ज्हाजभित्र आगो लागेको भनिएको उक्त फोनधनी ब्राएन गि्रनले दी भर्जसँग कुराकानी गर्दै आफुले उक्त फोन गत सेप्टेम्बर २१ म्ा खरीद गरेको बताएका थिए ।

आफुले खरीद गरेको ग्यालेक्सी नेाट सेभेनको प्याकेट बाहिर सुरक्षित डिभाइसको संकेतको रुपमा सामसुंगले राखेको कालो वर्ग रहेको उनको भनाई छ । आफुले पावर डाउन गरेर गोजीमा राखेको नोट सेभेन विस्तारै तात्न थालेको र तातो स्मार्टफोन भुइँमा फ्याँकेपछि त्यसबाट हरियो खैरो धुवाँ निस्किन थालेको उनले बताए ।

स्मरण रहोस् पूराना पडि्कने नोट सेभेनको समस्या समाधान गरी सुरक्षित नोट सेभेन बजारमा पठाइसकेपछि पनि नोट सेभेनका प्रयोगकर्ताले फोन बढि तात्ने गरेको र चार्जिंगमा समस्या रहेको गुनासो गरिरहेकै छन् । तर यो सामान्य कुरा रहेको भन्दै यसले सुरक्षामै चुनौति नल्याउने भनी सामसुगले थामथुम गर्दै आएको थियो ।

स्मरण रहोस् अमेरिकी संघीय उड्ययन प्रशासनले जहाजमा यात्रा गरिरहँदा नोट सेभेन चार्ज नगर्न र स्विच अफ गरेर राख्न सर्वसाधारणलाई चेतावनी जारी गरेको थियो । साथै नोट सेभेन लगेजभित्र नराख्न पनि उसले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment