Comments Add Comment

अध्ययन भन्छः जिवनमा उद्देश्य नै नभएकाहरुले फेसबुकका लाइक गन्छन्

facebookफेसबुकमा कुनै स्टाटस पोष्ट गरिसकेपछि वा फोटो अपलोड गरिसकेपछि त्यसमा आएका लाइक तथा कमेन्ट कत्तिको गन्नुहुन्छ ? यदि आफ्नो फेसबुक स्टाटसमा आएका लाइकहरु गनिरहने तपाइँको बानी छ भने होसियार हुनुस् की तपाइँ कुनै उद्धेेश्य विना नै बाँचिरहनुभएको छ ।

एक अध्ययन अनुसार जिवनमा कुनै निश्चित उद्धेश्य बोकेका मानिसहरुका लागि फेसबुकमा आउने लाइकले उसको आत्मसम्मानमा पार्ने प्रभाव निकै गौण हुन्छ । तर निरुद्देश्य मान्छेका लागि फेसबुक लाइक एउटा गर्वको विषय बनिरहेको हुन्छ ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयका शोधकर्ता एन्थोनी बुरोका अनुसार आफ्नो जिवनको उद्धेश्यको ज्ञान भएका मानिसहरुले फेसबुक स्टाटसमा आउने लाइकलाई त्यति महत्व दिँदैनन् । उनीहरु यस्ता भर्चुअल पृष्ठपोषणप्रति बढि नै तटस्थ हुन्छन् ।

स्वनिर्देशित तथा भविष्यपरक र अरुलाई समेत फाइदाजनक उत्प्रेरणालाई शोधकर्ताहरुले सेन्स अफ पर्पोज अर्थात् उद्धेश्य बोध भनी परिभाषित गरेका छन् ।

शोकर्ताहरुका अनुसार अनलाइनको माध्यमबाट वा अरु कुनैपनि माध्यम फिडब्याक पाउनु आफैमा राम्रो कुरा भएपनि तिनै फिडब्याकमा आफ्नो आत्मसम्मान टेको लगाउनु राम्रो कम नभएको शोधकर्ताको भनाई छ ।

सेन्स अफ पर्पोज नभएका मानिसहरु आफ्ना स्टाटसमा कम लइक आउँदा निकै नराम्रो अनुभव गर्दछन् र आत्मसम्मान नै गिराउँछन् । अरुले आफुलई के भने ? भन्ने आधारमा आफ्नो महत्व तथा आत्मसम्मानको गणना गर्दछन् ।

अर्कोतर्फ उद्देश्यपरक मानिसहरु चाहीँ सकारात्मक पृष्ठपोषणलाई हेर्न चाहीँ हेर्छन् तर मख्ख पर्नका लागि त्यस्ता फिडब्याकमा मात्र भर पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment