Comments Add Comment

वेष्ट इण्डिजबिरुद्ध अजहर अलीको तेहरो शतक

Ajahar-Ali

काठमाडौं । वेष्ट इण्डिजबिरुद्धको पहिलो टेष्टको पहिलो इनिङमा पाकिस्तानी ओपनर अजहर अलीले तेहरो शतक प्रहार गरेका छन् ।

३१ बर्षीय दायाँहाते ब्याट्सम्यान अलीले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै वेष्ट इण्डिजबिरुद्ध ३०२ रनको बिशाल पारी खेले ।

दुवई इन्टरनेशनल क्रिकेट रंगशालाको क्रिजमा करीव ११ घण्टा टिकेका उनले ४६९ बलको सामना गर्दै २३ चौका र २ छक्का प्रहार गरे । उनकै बिशाल पारीको सहयोगमा पाकिस्तानले पहिलो इनिङमा ३ विकेट गुमाएर ५७९ रन बनाउँदै दोस्रो दिनमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

सन् २०१० मा अष्ट्रेलियाबिरुद्धको खेलसँगै टेष्ट क्रिकेटमा डेब्यु गरेका अलीको यसअघि २२६ रन व्यक्तिगत उच्च स्कोर हो ।

दोस्रो दिनको अन्त्यसम्मा बेष्ट इण्डिजले १ विकेट गुमाएर ६१ रन जोडेको छ । उसका ओपनर लियोन जोन्सन १५ रन बनाएर आउट हुँदा क्राइग ब्रेथवाइटे ३२ र डरेन ब्राभो १४ रन बनाएर खेलिरहेका छन् ।

पाकिस्तानबिरुघको तीन टेष्टका लागि वेष्ट इण्डिज अहिले दुवईमा छ । दुवई पाकिस्तानको घरेलु मैदान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment