२९ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।
गोवामा शनिबारदेखि सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन बिहान भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै मोदीले आफ्नै एकाउन्टबाट ट्वीट गरेका हुन् ।
उनले नेपाली भाषामै गरिएको ट्वीटमा लेखेका छन्-‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा न्यानो स्वागत । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबूत बनाउनेछ ।’ उनले यही बेहोरासहितको ट्वीटअंगेजी भाषामा पनि गरेका छन् ।
प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाइ भारतमा न्यानो स्वागत गरदा । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मज़बूत बनाऊनेछ । @BRICS2016
— Narendra Modi (@narendramodi) October 15, 2016
प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग र आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
तोग्बेसँग प्रचण्डको सेल्फी !
यसैगरी प्रचण्डले भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेसँग खिचेको सेल्फी पनि सार्वजनिक भएको छ । तोग्बे आफैंले ट्वीटरमा प्रचण्डसँग खिचेको सेल्फी ट्वीट गरेका छन् ।
Honored to travel to Goa with the Prachanda of Nepal, Prime Minister Pushpa Kamal Dahal, to take part in the BRICS-BIMSTEC Outreach Summit pic.twitter.com/ESC4fUBCPu
— Tshering Tobgay (@tsheringtobgay) October 15, 2016
उनले गोवासम्म सँगै जाने क्रममा बिमानमा सेल्फी खिचेको ट्वीटमा उल्लेख गरेका छन् । ब्रिक्स सम्मेलनमा भाग लिन दुबै देशका प्रधानमन्त्री एउटै बिमानमा गोवा पुगेका हुन् ।
प्रतिक्रिया 4