Comments Add Comment

सिटीका प्रशिक्षक ग्वार्डिओला भन्छन्- बार्सिलोना मेसिन हो

Pep-Guardiola

३० असोज, काठमाडौं । पेप ग्वार्डिओलाले भनेका छन्, बार्सिलोना एक मेसिन हो, जो बुधबार म्यानचेष्टर सिटीविरुद्ध हावी हुने सम्भावना छ ।

स्पेनिस ग्वार्डिओलाले खेलाडी र प्रशिक्षक दुबै भूमिकामा बार्सिलोनाबाट युरोपियन कप जितेका छन् ।

उनी अर्को साता नाउ क्याम्प र्फकँदैछन्, जहाँ उनको क्लब सिटीले च्याम्पियन्स लिगमा बार्सिलोनाको सामना गर्नेछ । उनले भने, बार्सिलोना जसरी खेल्छ, त्यो विशेष छ । उनीहरु एक मेसिन हो ।’

बार्सिलोनाका पूर्व अफिसियन फेरान रोसिआनो प्रमुख कार्यकारी र टेक्सी किविगेरिसन फुटबल निर्देशकका रुपमा लिएर ग्वार्डिओला सिटीको म्यानेजर बनेका छन् र सिटीमा क्याटलानको प्रष्ट प्रभाव देखिन्छ ।

तर, ग्वार्डिओलालाई थाहा छ कि बार्सिलोनाले आधा शताब्दीमा बनाएको पहिचान बनाउन समय लाग्छ । ‘पछिल्लो दशक, पछिल्लो ५० वर्षका फुटबल खेलमा बार्सिलोना हावी भएको छ । उनीहरुले जुन शैलीमा खेल्छन्, त्यो मलाई मन पर्छ’ उनले भनेका छन् ।

‘उनीहरुसँग तीन अद्भुद खेलाडीहरु छन्-लिओनल मेस्सी, लुइस स्वरेज र नेयमार फवार्ड लाइनमा । उनीहरु काउन्टर आक्रमणमा अद्भद छन् । उनीहरुको राम्रो तालमेल छ र राम्रो टोली हो ।’

ग्वार्डिआलोले स्वीकार गरेका छन् कि बार्सिलोनाको सामना गर्दा सिटीका सामू आत्मविश्वासको पनि कम हुनसक्छ, किनकी आइतबार मात्र उसले पि्रमियर लिगमा इभर्टनसँग १-१ को बराबरी खेलेको छ । र, लिगको पछिल्लो तीन खेलमा जित हात पार्न सकेको छैन ।

केभिन डि ब्रुुयेन र सर्जिओ एग्युरो दुबेको पेनाल्टी इभर्टनका गोलकिपरले रोकेका थिए । अर्थात एग्युुरो यो सिजन मात्र पाँच पेनाल्टीमा गोल गर्न चुकेका छन्, जुसमा दुई अर्जेज्टिनाबाट खेल्दा छन् । तर, ग्वार्डिओला यसमा कुनै समस्या मान्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment