Comments Add Comment

प्यूठानको जंगलमा एक महिनाको शिशु ‘बेवारिसे’ फेला

१ कात्तिक, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)लाई बेवारिसे भेटाएको एक महिलाले बताएकी छन् ।

Abandoned Baby found at Pyuthan
जंगलमा फेला परेको भनिएको शिशु

स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो नयाँगाउँको जसपुर जंगलमा शिशु भेटाएको बताएकी छन् । सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन् ।

प्रहरीले जिल्ला अस्पताल विजुवारमा शिशुको स्वास्थ्य परीक्षण गरेर महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ ।

शिशुको स्वास्थ्य अवस्था ठीक रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला बाल अधिकार अधिकृत यादप खनालले जानकारी दिए । प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेकाले कानुनी प्रक्रिया पूरा गरी शिशुको हेरचाहको व्यवस्थापन गरिने उनले बताए ।

शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवास केन्द्रमा राखिएको छ ।

शिशु कसको भन्नेबारे केहि नखुलेको र अनुसन्धान जारी राखिएको प्यूठान प्रहरीले जनाएको छ ।
– विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment