Comments Add Comment

थाई फुटबलका पूर्व अध्यक्षमाथि ५ वर्षे प्रतिवन्ध

Worawi Makudi३ कात्तिक, काठमाडौं । फिफाले थाइल्याण्ड फुटबल एशोसिएनका पूर्व अध्यक्ष वारावी माकुडीमाथि पाँच वर्षे प्रतिवन्ध लगमएको छ ।

उनलाई पाँच वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपउने गरी यो प्रतिवन्ध लगाइएको हो । साथै ६ हजार २०० पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

माकुडी फिफाका २२ अधिकारी मध्ये एक हुन्, जसले २०१० मा २०१८ र ०२२ को विश्वकप अयोजक छनौटमा मतदान गरेका थिए । उनीहरु मध्ये १० जना भ्रष्टाचारमा मुछिएका छन् ।

तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटर र यूईएफए अध्यक्ष मिचेल प्लाटिनीमथि ८ वर्षे प्रतिवन्ध लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment