Comments Add Comment

करिश्मा, सुन्दर श्रेष्ठ र शान्तिप्रियलाई हरितारा पुरस्कार

Karishma Manandhar (9)
काठमाडौं ।  हरितारा चलचित्र पुरस्कार कार्यसमिती बैठकले अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी शान्तिपि्रयलाई हरितारा पुरस्कार दिने निर्णय गरेको छ ।

अढाइदशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वर्द्धनमा योगदान पुर्‍याए वापत करिश्मालाई २०७१ सालको हरितारा पुरस्कार प्रदान गरिएको सदस्य सचिब मोहन निरौलाले बताए ।

यसैगरी २ दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारिता एवं डिसिने अवार्ड मार्फत चलचित्र क्षेत्र र पेशाकर्मीको विकास र प्रोत्साहनका लागि योगदान पुर्‍याए वापत शान्तिपि्रयलाई पुरस्कार दिने निर्णय गरिएको छ ।

हाल सम्म १२०० भन्दा बढी चलचित्रको प्रचार सामग्री तयार गरी चलचित्रको श्रीवृद्धीमा योगदान पुर्‍याए वापत सुन्दर श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको निरौलाले जनाए ।

पुरस्कार राशी पच्चिस हजार रुपैयाँको रहेको छ । विस २०५२ सालमा समाजसेवी विजया राणाले स्थापना गरेको हरितारा चलचित्र पुरस्कारको संरक्षक समाजसेवी स्व. विजया राणाका छोरा मनोज सम्सेर जवरा रहेका छन् ।

बैठक संरक्षक मनोज सम्सेर जवराको अध्यक्षतामा बसेको थियो । पुरस्कार मंसिरको दोश्रो हप्तामा विशेष समारोह आयोजना गरि प्रदान गरिने छ ।

साथै उक्त समारोहमा दुर्गा देवी-पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ । यसैवर्ष स्थापना गरिएको दश हजार राशीको उक्त पुरस्कार निर्देशक शुभाष गजुरेललाई प्रदान गरिने परिवर्तन नेपालले निर्णय गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment