
मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको युट्युब च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् । राजीव समरको करियोग्राफी रहेको भिडियोमा बुद्ध थापाले क्यामेरा चलाएका छन् ।
अर्जुन तिवारी डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् ।
उक्त गीतको एरेन्जर साहाश शाक्य हुन भने मिक्सिङ किशोर थापाले गरेका हुन् । मनोज जिसी प्रोडक्सन मेनेजर रहेको उक्त भिडियोमा सामा लामाले मेकअप गरेकी छिन् ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4