Comments Add Comment

महाअभियोग सिफारिस समितिको कार्यविधि बनाउन कार्यदल गठन

mansur-gurung-bidari-and-giri
आन्तरिक कार्यविधि बनाउन गठित कार्यदलका सदस्यहरू

४ कात्तिक, काठमाडौं । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि बनाउन चार सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा कांग्रेसका फरमुल्ला मन्सुर, एमालेका पार्वत गुरुङ, माओवादीका रामनारायण बिडारी र राप्रपा नेपालका दिलनाथ गिरी सदस्य छन् ।

कार्यदललाई कार्यविधिको मस्यौदा तयार पार्न सात दिनको समयसीमा दिइएको सिफारिस समितिका सदस्य अमनलाल मोदीले जानकारी दिए ।

समितिको अर्को बैठक कात्तिक १० गते बस्ने छ ।

बुधबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएको थियो । समितिको पहिलो बैठक विहीबार सिंहदरवारमा बसेको थियो । बैठकको अध्यक्षता जेष्ठ सदस्य कुमारी लक्ष्मी राईले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment