Comments Add Comment

झापामा डेंगुबाट सङ्क्रमित बढे, चिकित्सकदेखि स्थानीय नेतासम्म सङ्क्रमित

९ कात्तिक, झापा । झापामा डेंगु ज्वरोका कारण विरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका डेंगु रोग फोकल पर्सन जीवन चौलागाईंका अुनसार प्रत्येक दिन १५ देखि २० जनासम्म डेंगुका नयाँ विरामी फेला पर्ने गरेका छन् ।

dengueआइतबार साँझसम्म ५७ जना डेंगुबाट सङ्क्रमित थिए भने सोमबार साँझ १ सय बढी सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । यद्यपि, यो रोगका कारण कसैको मृत्यु भने भएको छैन ।

‘एक साता अघिदेखि डेंगुको सङ्क्रमण देखा पर्न थालेको हो’, चौलागाईंले भने, ‘रोकथामका लागि हामीले विभिन्न उपाय अपनाई रहेका छौं ।’ उनका अनुसार जनचेतनात्मक कार्यक्रमहरु व्यापक बनाइएको छ, जसका कारण मानिसहरु समयमै उपचारका लागि स्वास्थ्य संस्था पुगेका छन् ।

डेंगुबाट सङ्क्रमित विरामी उपचारपछि घर फर्किएका छन् । र, घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।

विशेषतः बजार क्षेत्रमा यो रोगको सङ्क्रमित धेरै छन् । सङ्क्रमित हुनेहरुमा चिकित्सक, पत्रकारदेखि स्थानीय नेतासम्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment