Comments Add Comment

कोरियामा एएफसी नेटको साधारण सभा सम्पन्न, नेपालबाट बोर्ड सदस्यको सहभागीता

busan-film
एसियन फिल्म कमिसन नेटवर्क (एएफसी नेट) को तेस्रो साधारण सभा सम्पन्न भएको छ । दक्षिण कोरियाको पर्यटकीय नगरी बुसानमा सम्पन्न भएको सभामा चलचित्र विकास बोर्डका सदस्यद्धय अशोकप्यासी राई र उत्तम केसीले नेपालको प्रतिनिधित्व गरेका थिए । सहभागी राइका अनुसार कार्यक्रममा सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधीले नेपाली चलचित्रको बारेमा जानकारी पाएका छन् । जसले, नेपाली चलचित्रलाई विश्वबजारमा लैजान मद्दत गर्ने पक्का छ ।

एएफसी नेट चलचित्र क्षेत्रमा क्रियासिल एसियाली मुलुकका प्रतिनिधी एवं व्यावसायीक संघ संस्थाको साझा संगठन हो । हाल यस संगठनमा १८ मुलुकका रेगुलर र एसोसिएट गरी ५८ संघसंस्था सदस्य छन् ।

बोर्ड अफ डाइरेक्टर्समध्ये कोरियाका चोइ युन एएफसी नेटको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । उक्त अवसरमा बुसान एसियन फिल्म स्कुलले कार्यक्रमका सहभागीलाई स्कुल अवलोकन गराएको थियो । स्कुलले अपनाएको शैक्षिक कार्यक्रम, उपलब्ध सुविधा एवं सामाग्रीका साथै प्रविधीको विकासका बारेमा जानकारी पनि दिएको थियो ।

उक्त स्कुलले संसारभरका प्रतिभावान विद्यार्थीका लागी छात्रवृत्रिको व्यवस्था गरेको छ । इन्टरनेशनल फिल्म विजनेश एकेडेमी नामक कोर्ष तय गरी स्कुलले चलचित्र निर्माण सम्बन्धी कक्षा दिने गरेको छ । छ महिनाको उक्त कोर्ष निकै प्रभावकारी र ब्यावसायीक भएको स्कुलले जनाएको छ ।

चारदिने कार्यक्रममा बुसान फिल्म कमिसनले लञ्च गरेको ‘लिंक अफ सिने एसिया’ आकर्षणका रुपमा रहेको थियो । यो चलचित्रसँग सम्बन्धित विश्वव्यापी कार्यक्रम हो । यसको मुख्य उद्देश्य प्रविधी र व्यावसायलाई चलचित्रमा कसरी एकसाथ अगाडी बढाउने भन्ने रहेको छ । विश्वमा चलचित्र निर्माणमा देखिएको परिवर्तित शैली र प्रविधीलाई आत्मासाथ गर्न स्थापना गरिएको यस कार्यक्रमको पहिलो सत्रमा १४ देशका ८५ भन्दा बढी चलचित्रकर्मीको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment