Comments Add Comment

कनकाईमा वेपत्ता बालकको ४ दिनपछि शव भेटियो

१० कात्तिक, झापा । कनकाई नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव ४ दिनपछि भेटिएको छ । शनिबार साथीहरुसँग पौडी खेल्न गएका कनकाई-१ का १४ वर्षीय  सुजन ढकालको शव मंगलबार फेला पारिएको हो ।

badi_gulmiघटनास्थलबाट करीब ३६ किलोमिटर तल कुमरखोद भन्ने स्थानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

‘शवलाई बालुवाले पुर्न लागेको देखिन्थ्यो’, मृतकका आफन्त एवम् स्थानीय सञ्चारकर्मी चन्द्र बस्नेतले भने, ‘थोरै कपाल मात्र देखिने अवस्थामा शव भेटिएको छ ।’

कनकाई मावि, सुरुङ्गाको कक्षा १० मा अध्ययनरत उनी अन्य साथीहरुसँग शनिबार दिउँसो पौडी खेल्न शिवसताक्षी-५, टेक्रा नजिकै रहेको माइखोलामा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment