Comments Add Comment

संविधान संशोधन प्रस्तावको तयारी अन्तिम चरणमा: मन्त्री पौडेल

१५ कात्तिक, म्याग्दी । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको जानकारी दिएका छन् ।

DR-Paudelसंशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रेस सेन्टर नेपाल म्याग्दीले सोमबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले प्रमुख प्रतिपक्षी एमाले, मधेसी मोर्चा, सत्ता साझेदार दल र नागरिक समाजसँग संविधान संशोधनको विषयमा सहमति कायम गर्ने पहल भइरहेको जानकारी दिए ।

मन्त्री पौडेलले हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment