Comments Add Comment

‘एटीएम’ले डुबेकी सविनाको चलचित्रमै लाग्ने योजना

the-famous-artist-2
चलचित्र ‘एटीएम’को ट्रेलर सार्वजनिक भएसँगै यसमा काम गरेका ३ महिला कलाकारको चर्को आलोचना भयो । जसमा, नायिका सविना कार्की, जीया केसी र सोनिया शर्मा थिए । सोनिया र जीया त अहिले चलचित्रबाट लगभग हराइसकेका छन् ।

अर्की नायिका सविना भने फाट्टफुट्ट केहि चलचित्रमा काम गरिरहेकी छिन् । उनीहरुलाई चलचित्रले चर्को आलोचना मात्र दिलाएन, करिअर नै ध्वस्त बनाइदियो । अहिले यी नायिकालाई लिएर चलचित्र बनाउन निर्माता रुची राख्दैनन् ।

उनै सविनाले अभिनय गरेका चलचित्र ‘द फेमस’ मंसिर ३ गतेबाट रिलिज हुँदैछ । विशेषकारणले चलचित्रको रिलिज भोली कात्तिक १९ गतेबाट मंसिर ३ मा सरेको निर्देशक समिर बलामीले जानकारी दिएका छन् ।  यो चलचित्रलाई लिएर सविना केहि उत्साहित देखिइन् । the-famous-artist-1
कता हराउनुभयो भन्ने प्रश्नमा सविनाले भनिन्-‘म व्यापार-व्यवसायमा लागेकाले २ बर्ष भन्दा बढी समय हराएको थियो । अब लगातार चलचित्रमा नै लाग्छु ।’ उनले चलचित्र क्षेत्रमै केहि गर्ने आफ्नो सपना भएको पनि बताइन् ।

निर्देशक समिर बलामी यो चलचित्र एक जातीको प्रेम कथामा आधारित रहेको बताउँछन् । उनले आफ्नै समाजको कथा भएकाले पनि दर्शकले चलचित्रबाट मनोरञ्जन लिने बताए । चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुमन थापा, सोनिया जीआर लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment