Comments Add Comment

मध्य तराईमा शुक्रबारमात्रै होली मनाइने

बिहीबार काटमार नहुने भएपछि एक दिन सारियो

७ चैत, रौतहट । देशको पहाडी भागमा होलि बुधवारनै सकिए पनि रौतहट लगायत तराईका केही जिल्लाहरुमा होलि पर्व शुक्रवार मनाइने छ ।

आज बिहीबारका दिन काटमार गर्न नहुने भए पछि होली शुक्रबारका लागि सारिएको हो ।  यस क्षेत्रका अधिकांश समुदायमा बिहीबार माछा मासु नखाने चलन रहेको छ । खसी काट्न र मासु खान नहुने भएपछि रौतहटमा फागु होली पर्व नै सारिएको हो ।

तराईका अधिकांश मानिसहरु आइतवार, मंगलबार र बिहीबारका दिन मासु माछा खादैनन् र सो दिन यस्ता चाडबाड परे भोलिपल्ट बली दिने तथा मासु खाने चलन रहेको छ । यसअघि पनि आइतबार र मंगलबारका दिन होली पर्दा भोलिपल्ट सारिने गरिन्थ्यो ।

मौलिकता बोकेको होरी लोप हुने खतरा

तराई मधेसमा होली आउनु भन्दा केही साता अघिदेखि नै घन्किने डम्फु र होलीको लोकगीत ‘होरी’ अहिले लोप हुने अवश्थामा पगुेको छ ।

तराई मधेसको आफ्नै किसिमको पहिचान र मौलिकता बोकेको यो पर्व शुरु हुनु भन्दा अगाडि नै साँझ बस्ती तथा टोलहरुमा सामूहिक रुपमा डम्फु तथा झाल बजाएर होरी गीत गाउँदै रमाइलो गर्ने चलन विस्तारै निकै कम हुदै गएको छ ।

नयाँ पुस्ताका युवाहरु आधुनिक भोजपुरी गीत संगीततर्फ बढी आकर्षित हुनु र डम्फु लगायतका पुराना बाजाको सट्टा लाउड स्पीकरहरु बढी बज्न थालेपछि मौलिकता बोकेको सँस्कृति विस्तारै लोप हुने खतरा बढेको छ ।

दोहोरी गीत जस्तै होरीमा पनि गीत बाटै प्रश्न सोध्ने र जवाफ दिने गरिन्छ । होरीमा धर्मका कुराको साथै भगवानहरुले कसरी होली खेल्छन भन्ने गीतमार्फत बताइने गरिन्छ । ‘पुरानो होलीको गीतहरुले हाम्रो सँस्कृतिको कुरा गर्छन, त्यसको आफ्नो छुट्टै मिठास छ’ गौर नगरपालिका १ का वडा अध्यक्ष भरत साहले भने ‘अहिले नयाँ गायकहरुले गाएका अधिकांश भोजपुरी गीतले होलीको नाममा संस्कृति नै बिगार्दै छ ।’

होलीको नाममा विकृति फैलाउने चिजहरुलाई बेलामै रोक्नु पर्ने साहको तर्कको छ । गाँउघरमा बज्ने डम्फु र लोकगीतहरुलाई अहिलेको पुस्तामा हस्तान्तरण गर्ने वातावरण बनाउनु जरुरी भएको वडा नं. १ का स्थानीय नरेश साह बताउँछन् ।

परापूर्वकालदेखि गाउँघर र बस्तीमा घन्किदै आएको होरी सहरका कतिपय नयाँ पुस्ताले सुनेका समेत छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment