
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आएको बताएका छन्।
- महासचिव पोखरेलले समस्या पहिचान भए पनि समयमा समाधान नगर्दा पार्टी र देशलाई क्षति पुगेको बताए।
- अघिल्लो केन्द्रीय कमिटी बैठकमा युवा शक्ति र भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको निश्कर्ष निकालिएको उनले स्मरण गराउनुभयो।
२९ असोज, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्याएको बताए ।
‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन-जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निश्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो। र, त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्यायो,’ उनले भने।
महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4