News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पहिलो पटक 'मेस्सी कप' नामक अन्तर्राष्ट्रिय युथ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।
- प्रतियोगिता डिसेम्बर ९ देखि १४ सम्म दक्षिण फ्लोरिडामा हुने छ र आठ क्लब सहभागी हुनेछन्।
- मेस्सीले इन्स्टाग्राममा भनेका छन्, 'यो प्रतियोगिता केवल खेल मात्रै नभएर आगामी पुस्ताको प्रतिभा प्रदर्शन गर्ने अवसर हो।'
२९ असोज, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पहिलो पटक ‘मेस्सी कप’ नामक अन्तर्राष्ट्रिय युथ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।
प्रतियोगिता यस वर्ष डिसेम्बर ९ देखि १४ सम्म दक्षिण फ्लोरिडामा आयोजना हुने छ र यसमा इन्टर मियामी र बार्सिलोना सहित आठ क्लब सहभागी हुनेछन्। सहभागी टोलीहरूमा इन्टर मियामी, बार्सिलोना, म्यान्चेस्टर सिटी, रिभर प्लेट, इंटर मिलान, न्यूवेल्स ओल्ड ब्वाइज, एट्लेटिको म्याड्रिड र चेल्सी छन् ।
प्रतियोगितामा १८ खेल हुनेछन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरेर पहिलो तीन दिन राउन्ड-रोबिन शैलीमा खेलाइनेछ। त्यसपछि प्लेअफ, तेस्रो स्थानको खेल र फाइनल चेस स्टेडियम मा खेलाइनेछ।
मेस्सीले इन्स्टाग्राममा भनेका छन्, ‘यो प्रतियोगिता केवल खेल मात्रै नभएर आगामी पुस्ताको प्रतिभा प्रदर्शन गर्ने अवसर हो। हामीसँग रोचक कार्यक्रम र गतिविधिहरू पनि हुनेछन्। यो मेस्सी कप हो।’
उनको कम्पनी ५२५ रोसारियो ले भनेको छ कि प्रतियोगिताको उद्देश्य खेलको भविष्य निर्माण गर्नु हो। यसले खेलाडीहरू, खेलप्रेमी समुदाय, र ब्रान्डहरूसँग दीर्घकालीन सम्बन्ध बनाउन सहयोग गर्नेछ।
५२५ रोसारियोका सीईओ टिम पास्टोरेले भने, ‘मेस्सी कप आजको फुटबल र भोलिको खेलाडीबीचको भेटघाट हो। यो प्रतिभा, संस्कृति र समुदायलाई सम्मान गर्ने अवसर हो।’
प्रतिक्रिया 4