Comments Add Comment

भैरहवाको गोरखा प्रिन्स होटलमा महिलाको हत्या

gorkha-prince-hotel-bhairah

१८ कात्तिक, भैरहवा । भैरहवा बसपार्कस्थित होटल गोरखा प्रिन्समा हत्या गरिएको अवस्थामा ३० वर्षीया महिलाको शव फेला परेको छ ।

मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार महिलाको टाउकोमा धरिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

उक्त होटलमा मृतक महिलाको साथमा एक पुरुष समेत रहेको तर घटना पश्चात पुरुष फरार भएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्स्पेक्टर धर्मराज भण्डारीले बताए ।

उनका अनुसार होटलको ग्राहक दर्ता अभिलेखमा मृतक महिलाको नामा रेखा सिन्हा र पुरुषको नाम राजेश सिन्हा उल्लेख छ भने दुवैको ठेगाना भारत बिहार राज्यको सिवान रामपुर उल्लेख रहेको छ ।

उनीहरु सेतो रंगको भारतीय नम्बरको स्कुटर लिएर आएको बताइएको छ । हत्याको बारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment