Comments Add Comment

भारतीय राष्ट्रपतिलाई काठमाडौं महानगरको साँचो उपहार, हेर्नुस् ७ तस्वीर

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन प्रदान गरेको छ । नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन भन्दै महानगरपालिकाले मुखर्जीलाई बिहीबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमका बीच नागरिक अभिनन्दन प्रदान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित परराष्ट्रमन्त्री प्रकाशशरण महत लगायत मन्त्री तथा उच्चपदस्थ अधिकारी र कुटनीतिक नियोगका प्रतितिनिधि पनि सहभागी थिए । भारतीय राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन समारोहका ७ तस्वीर यस्ता छन् ।

१.

pranab-mukherjee-10
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिशिष्ट सम्मान स्वरुप महानगरपालिकाको साँचो हस्तान्तरण गर्दै महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ । मित्रराष्ट्रका राष्ट्र प्रमुखलाई ‘यो नगर सँधै तपाईंको स्वागतका लागि तयार छ’ भन्ने आशयसहित साँचो हस्तान्तरण गर्ने प्रचलन छ ।

२.

pranab-mukherjee-2
भारतीय राष्ट्रपति मुखर्जीलाई गरिएको नागरिक अभिनन्दनपत्र प्रदान गर्दै महानगरपालिकाका प्रमुख तामाङ । अभिनन्दनपत्रलाई विशेष धार्मिक तथा सांस्कृतिक रुपमा रुपमा सजाएर तयार पारिएको थियो । नेपाली भाषामा प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे वर्णन गरिएको छ ।

३.

pranab-mukherjee-7
अभिनन्दन समारोहका राखिएको ‘महानगर पुस्तिका’मा हताक्षर गर्दै भारतीय राष्ट्रपति मुखर्जी । यो महानगरका बिशिष्ट आगन्तुकले हस्ताक्षर गर्ने विशेष पुस्तिका हो ।

४.

pranab-mukherjee-4
अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जी । उनले आफ्नो सम्बोधनमा भारत र नेपालबीचको सम्बन्धलाई सामाजिक र सांस्कृतिकसँगै आर्थिक रुपमा पनि सुदृढ पार्नुपर्ने बताएका थिए ।

५.

pranab-mukherjee-8
नागरिक अभिनन्दन समारोहमा महानगरपालिकाका प्रमुख तथा निर्देशकहरु भारतीय राष्ट्रपति मुखर्जीसहित प्रधानमन्त्री पुष्पकमल दाहललगायत अथितिसँग सामुहिक तस्वीर खिचाउँदै ।

६.

pranab-mukherjee-5
भारतीय राष्ट्रपतिलाई उपहारस्वरुप मञ्जुश्रीको मुर्ति प्रदान गर्दै महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ । ठूलो तलाउको रुपमा रहेको काठमाडौं उपत्याकालाई चोभार डाँडाको भाग आफ्नो खड्गले काटेर मञ्जुश्रीले यसलाई बसोबासयोग्य भूमि बनाएको पुरानो किंबदन्ती छ ।

७.

pranab-mukherjee-3
उपहार स्वरुप काठमाडौंको काष्ठकलाको बिशिष्टता झल्किने मयुर भएको कलात्मक ढोका ग्रहण गर्दै भारतीय राष्ट्रपति मुखर्जी । काष्ठकलामा काठमाडौं उपत्याकाको मौलिकताको प्रवर्द्धन गर्न यसखाले उपहार प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment