Comments Add Comment

अष्ट्रेलियाका दुई ठग, जसले उत्तर कोरियालाई चक्मा दिए

north-korea

अष्ट्रेलियाका दुई युवा सडकमार्गबाट उत्तर कोरिया पुगे र त्यहाँ आयोजित अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी भए ।

तर, २८ बर्षका मोर्गन र इभान गल्फ दुबै खेलाडी होइनन् । उनीहरुले आफुलाई अष्ट्रेलियाको उत्कृष्ट गल्फ खेलाडी बताएर प्रतियोगितामा भाग लिए ।

उनीहरुको प्रदर्शन निक्कै खराव रहृयो । तर, विभिन्न सुविधासहित उत्तर कोरियामा रमाइलो समय व्यतित् गरी उनीहरु सुरक्षित स्वदेश फर्किए ।

मोर्गानले भनेका छन्, ‘हामी बेइजिङको यात्रामा थियौं । जब हामीले यस प्रतियोगिताको बारेमा थाहा पायौ, हरियो रंगको अष्ट्रेलियाली जर्सी लगाएर प्रतियोगितामा सहभागी हुने सोच बनायौं र उत्तर कोरिया हिड्यौं ।’

दुई दिनसम्म चलेको यस प्रतियोगिता उत्तर कोरियाको राजधानी प्योङयाङ शहरमा आयोजना गरिएको थियो । जहाँ संसारभरबाट ८५ जना गल्फरहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको क्रममा अष्ट्रेलियाली खेलाडीले त्यहाँको सरकार खर्चमा उत्तर कोरियाको भ्रमण गरे र उत्तर कोरियाली सरकारलाई ठग्न सफल भए ।

कुरियर मेललाई दिएको एक अन्तर्वार्ताका क्रममा मोर्गनले भनेका छन्, ‘सीमामा जब हामीले पासपोर्ट देखायौं, हामी निक्कै डराएका थियौं । हामीले यस्ता धेरै कुराहरु सुनेका/पढेका थियौं, जहाँ यात्रीलाई उत्तर कोरियाले बन्दी बनाएको उल्लेख थियो ।’

इभान यस यात्रालाई स्मर्ण गर्दै भन्छन्, ‘हामी प्रोफेशनल खेलाडी थिएनौं, त्यसैले हाम्रो प्रदर्शन त्यहाँ निक्कै खराव रहृयो । तर, यस यात्राको क्रममा हामीले, जस्ता मानिसहरुलाई भेट्यौं उनीहरुलाई हामी कहिल्यै भुल्न सक्दैनौं ।’

इभान र मोर्गन यसलाई एक राम्रो अनुभव मान्छन् । तर, सल्लाह दिन्छन् कि यस्तो कोसिस निकै सोच विचार गरेर मात्र गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment