Comments Add Comment

‘ऐश्वर्या’ छाडेकी केकी फेरि फिल्ममा आवद्ध, दीपिकाले गर्दैछिन् डेब्यू

Keki-Adhikari (1)
नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको चलचित्र ‘ऐश्वर्या’को छायांकन सुरु भएको छ । लामो समयदेखि विभिन्न कारणले चर्चामा रहेको यो चलचित्रको छायांकन पेप्सीकलाबाट सुरु भएको छ ।

वैष्णोदवी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रमा उनकै लेखन छ । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रलाई ४५ दिन लगाएर खिच्ने निर्देशकले जानकरी दिएका छन् । चलचित्रमा अर्जुन पोखरेल र विराज गौतमको संगीत, हिमाल केसीको एक्सन, कविराज गहतराजको नृतय निर्देशन रहनेछ ।

चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, प्रशान्त ताम्राकार, विकास खतिवाड, अमित पोखरेल, निर्मल शर्माको साथमा नव-नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा आफूले काम नगर्ने जानकारी नायिका केकी अधिकारीले केहि समय अगाडि अनलाइनखबरलाई दिएकी थिइन् । तर, अब यो चलचित्रमा केकी पनि आवद्ध भएकी छिन् । चलचित्र ‘घामपानी’ र ‘ऐश्वर्या’को छायांकन एकसाथ हुने भएपछि केकीले चलचित्र छाडेकी थिइन् ।

तर, ‘ऐश्वर्या’को छायांकन ‘घामपानी’को छायांकन सकिएपछि सुरु भएकाले केकी पनि आवद्ध भएको निर्माणपक्षले जानकारी दिएको छ । यहि, चलचित्रका लागि केकीले ५ केजी तौल घटाएको बताएकी थिइन् । यहि, चलचित्रबाट नव-नायिका दीपिका प्रसाँई रजतपटमा डेब्यू गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment