Comments Add Comment

रक्सी खाने बहानामा बोलाएर हत्या

वीरबहादुरको हत्याका अभियुक्त सन्तोष थापा पक्राउ

810
हत्या गरिएका वीरबहादुर गुरूङ (दायाँ) र हत्या अभियोगमा पक्राउ परेका सन्तोष थापा

२१ कात्तिक, काठमाडौं । बुटवल गोलपार्कका ३४ वर्षीय वीरबहादुर गुरुङको हत्या अभियोगमा स्थानीय शिक्षक सन्तोष थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अभियुक्त २५ बर्षीय थापाले गत कात्तिक १४ गते राती ८ बजे गुरुङको हत्या गरी बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सीमानाको बमाहा पुलमुनि शव फालेका थिए ।

टाउकोमा हथौडाले हानेर ४० मिटर लतारेर उनको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहको रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धीराज गुरुङले बताए ।

थापाले गुरुङलाइ रक्सी खाने बहानामा बोलाएर हत्या गरेको खुलेको छ । मृतकका साथबाट पाँच थान इलेक्टि्रक डेटोनेटर,११ थान हतियारमा प्रयोग हुने छर्रा, फिरौती ५ लाख, नक्साहरु फेला परेका थिए ।

घटनामा प्रयोग भएका सामानहरुमा १ थान हतौडा, मोवाइल सेट ४ थान, १ थान कैँची र केहि सिमकार्डहरु फेलापरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए । बिभिन्न अपराध लुकाउनकै लागि उनको हत्या भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment