Comments Add Comment

भारु काण्डः भारतको सेयरबजारमा उच्च गिरावट

indian-share-market
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारु नोट नचल्ने घोषणा गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ ।

मोदीको घोषणापछि खुलेको भारतीय सेयर बजार उच्च अंकले घटेको हो । संसारकै ठूलो कारोबार हुनेमध्येको एक मुम्बई स्टक एक्सचेञ्जको सूचक बुधबार साढे साढे ११ बजे ८८७ अंक अर्थात साढे ३.२१ प्रतिशतले घटेको छ ।

अझै केही समय भारतीय सेयर बजार लगातारजसो घट्ने भारतीय सञ्चारमाध्यमहरुले आँकलन गरेका छन् । सरकारले ठूलो परिमाणमा ठूला दरका भारु कालो धनको रुपमा लुकाइएको भन्दै त्यस्तो कालोधनलाई निस्तेज पार्न पुराना ५०० र १००० दरका भारु नचलाउने घोषणा गरेको थियो ।

ठूला दरका भारु नचल्ने घोषणा भएपछि त्यसको असर सेयर बजारमा देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्रीको घोषणा लगत्तै भारतीय रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले सेयर बजारमा खासै असर नपर्ने बताएका थिए । तर, सेयर बजारको सूचक गभर्नरको भविष्यवाणीभन्दा ठीक उल्टो दिशातर्फ अघि बढेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको घोषणाको ठूलो प्रभाव नेपालमा पनि देखिएको छ । नेपालमा पनि कूल मुद्रा प्रदायको २० प्रतिशतको हाराहारीमा भारतीय मुद्रा प्रयोग हुँदै आएको राष्ट्र बैंकका उच्च अधिकारीहरुको अनुमान छ ।

त्यसो त नेपालको सेयर बजार पनि दिउसो साढे १२ बजेसम्ममा १४ अंकले घटिसकेको छ । धेरै बैंक तथा वित्तयि संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट दिने लाभांस घोषणा गरिसकेकाले नेपालको सेयर बजार केहीदिन यता लगातार घटेको विश्लेषकहरु बताउँछन् ।

अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको परिणाममा रिपब्लिकन पार्टीका उम्मेद्धार डोनाल्ट ट्रम्प विजयको नजिक पुगेपछि संसारभरको सेयर बजारमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment