Comments Add Comment

फिस्टेल अल्ट्राफ्लाइटले घटायो आन्तरिक पर्यटकको भाडादर

fistel-altaraflight-2
२५ कात्तिक, काठमाडौं । पोखरामा पुगेर सस्तोमा अल्ट्राफ्लाइट उडानको मज्जा लिन चहानुहन्छ भने फिस्टेल अल्ट्राफ्लाइट तपाईंका लागि सुलभ र सहज हुने भएको छ । फिस्टेल अल्ट्राफ्लाइटले आन्तरिक पर्यटकलाई लक्षित गर्दै उडानको भाडादर सस्तो बनाएको छ ।

यसअघि १५ मिनेटको अल्ट्राफ्लाइटको उडान गर्ने भाडादर ८ हजार रुपैयाँ थियो । अहिले यसलाई घटाएर ६ हजार ८ सय रुपैयाँ कायम गरिएको कम्पनीका म्यानेजर दिनेश भण्डारीले बताए ।

यसैगरी अहिले ३० मिनेटको अल्ट्राफ्लाइटको शुल्क १२ हजार ७ सय रुपैयाँ तय गरिएको छ । यसअघि ३० मिनेट उड्न १४ हजार रुपैयाँ खर्चिनुपथ्र्यो ।

fistel-altaraflight-3
१ घण्टे अल्ट्राफ्लाइटको शुल्क घटाएर २१ हजार ५ सय तय गरिएको छ । यसअघि २४ हजार रुपैयाँ नतिरी अल्ट्राफ्लाइट उडान भर्न पाइँदैनथ्यो ।

९० मिनेटसम्म अल्ट्राफ्लाइटको मज्जा लिनेले ३१ हजार ५ सय रुपैयाँ तिर्ने गरेकोमा अहिले घटाएर २७ हजार रुपैयाँ तोकिएको म्यानेजर भण्डारीले बताए ।

फोटो भिडियोका लागि १ उडानमा १ हजार रुपैयाँ शुल्क लाग्छ । यसअघि १५ सय रहेको यो शुल्कमा पनि ५ सय रुपैयाँ घटाइएको भण्डारीले बताए ।
fistel-altaraflight-4
‘आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हामीले भाडादरमा ब्यापक कटौति गरेका हौं’ भण्डारीले भन,’कम्पनीका तीनवटा अल्ट्राफ्लाइटले दिनमा ३२ वटासम्म उडान भर्छ । यसमा आन्तरिक पर्यटकले बढी मनोरञ्जन गर्न सकन् भनेर सक्दो भाडा घटाएका छौं ।’

विदेशी पर्याटकका लागि भने फरक भाडादर तय गरिएको छ । जुन आन्तरिकभन्दा निकै महंगो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment