Comments Add Comment

उत्पादनमुलक सहकारी संस्थाको संख्या बढ्यो

sahakari
२६ कात्तिक, काठमाडौं । उत्पादनमूलक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित हुने सहकारी संस्थाहरुको संख्या बढ्न थालेको छ । सरकारले बचत तथा ऋण सहकारीको दर्तामा कडाइ गरी उत्पादनका क्षेत्रका सहकारीलाई प्राथमिकता दिएपछि कृषि क्षेत्रमा काम गर्ने गरी दर्ता हुने सहकारीहरुको संख्या बढेको हो ।

दुग्ध, तरकारी तथा फलफुल चिया, कफी, मौरीपालनलगायतका कृषि उत्पादनमा काम गर्ने उद्देश्यले सहकारी संस्थाहरुको दर्ता बढेको सहकारी विभागले जनाएको छ ।

उत्पादन क्षेत्रका सहकारीलाई सरकारले नगद अनुदान समेत दिन थालेपछि त्यसकै लागि समेत सहकारी दर्ता हुन थालेका छन् । उत्पादनमुलक सहकारीलाई सरकार र विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गर्ने भएकाले दर्ता बढेको विभागका अधिकारीहरु बताउँछन् ।

तीन/चार वर्षअघिसम्म बचत तथा ऋण सहकारीको दर्ता धेरै हुने गरेको थियो । तर, बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा समस्या देखिन थालेपछि विभागले बचत ऋणको दर्ता तथा अनुगनमा कडाइ गर्दै आएको छ ।

सहकारी विभागका गत आर्थिक वर्षसम्ममा ३२ हजार हजार ६ सय सहकारी दर्ता भएकोमा कृषि सहकारीको संख्या ९ हजार ४ सय छ । यसमा कृषि क्षेत्रकै अन्य विषयगत दुग्ध उत्पादन, मौरीपालन, तरकारी तथा फलफुल, चिया, कफिलगायतका सहकारीको संख्या समेत जोड्दा कृषि क्षेत्रका उत्पादनमुलक सहकारीको संख्या १० हजार भन्दा बढी हुन्छ ।

चार वर्षअघि कृषि सहकारीको हिस्सा २० प्रतिशत थियो । ०६९ असारसम्ममा सहकारीको संख्या २६ हजार ५ सय हुँदा कृषि सहकारीको संख्या ५ हजार ३०० मात्र थियो । त्यसयता सहकारीको संख्या सहकारीको संख्या ६ हजार वृद्धि हुँदा कृषि सहकारीको दर्ता बढेर १० हजार नाघेको छ ।

सहकारी क्षेत्रमार्फत उत्पादकत्व बढाउन सरकारले आव २०६५/०६६ देखि सहकारीलाई अनुदान दिने कार्यक्रम सुरु गरेको गरेको हो । गत आवमा मात्र विभागले ४ दर्जन सहकारी संस्थाहरुलाई डेढ करोड रुपैयाँ पुँजीगत अनुदान वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment