Comments Add Comment

‘ट्रम्पलाई महाअभियोग लाग्छ, पेन्स अमेरिकी राष्ट्रपति बन्छन्’

Republican U.S. presidential nominee Donald Trump (L) greets vice presidential nominee Mike Pence after Pence spoke at the Republican National Convention in Cleveland, Ohio, U.S. July 20, 2016. REUTERS/Mike Segar - RTSIYI7
डोनाल्ड ट्रम्प र माइक पेन्स (दायाँ)

वासिङटन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि अमेरिकी मिडिया र बिश्लेषकहरु चकित परिरहेका छन् ।

चुनावको नतिजा आउनुअघिसम्म ट्रम्पले नै जित्छन् भनेर अनुमान गर्ने निकै कम मानिस थिए अमेरिकामा । त्यसमध्ये एक थिए, ३० बर्षदेखि अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वानुमान गरेर सही सावित गरिरहेका प्राध्यापक एनल लिचम्यान ।

वासिङटन पोष्टसँग गत सेप्टेम्बर र अक्टुवरमा गरेको कुराकानीमा उनले ट्रम्प के कारण राष्ट्रपति निर्वाचित हुन्छन् भनेर दावीहरु प्रस्तुत गरेका थिए ।

पछिल्लो कुराकानीमा उनले यो पनि थपेका थिए कि, ट्रम्पले जित्छन्, तर राष्ट्रपतिको कार्यभारचाहिँ उपराष्ट्रपति माइक पेन्सले सम्हाल्छन् ।’ उनको दावी थियो- रिपब्लिकनहरुले नै डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाइ राष्ट्रपतिबाट बर्खास्त गर्नेछन् ।’

३० बर्षको इतिहासमा कहिल्यै धोका नखाएका लिचम्यानको पहिलो भविष्यवाणी त सफल भयो नै । के उनको दोस्रो भबिष्यवाणी सफल होला त ?

allan-litchman
प्राध्यापक एनल लिचम्यान

प्राध्यापक लिचम्यानका अनुसार रिपब्लिकनले ट्रम्पलाई भन्दा बढी पेन्सलाई विश्वास गर्छन् ।

‘ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए पनि रिपब्लिकनका नेताहरुले उनी राष्ट्रपति भएको देख्न चाहने छैनन् किनकि उनीहरुले ट्रम्पलाई लगाम लगाउन सक्दैनन् । ट्रम्प अस्वाभाविक छन् । राष्ट्रिय सुरक्षालाई खतरा पार्ने विवादास्पद निर्णय गरेर वा अन्य कुनै कारणले ट्रम्प स्वयंले महाअभियोग निम्त्याउनेछन्,’ प्राध्यापकले भने ।

पछिल्लो भविष्यवाणी भने कुनै प्रणालीमा आधारित नभई अन्तरमनको विश्लेषण भएको उनी बताउँछन् । लिचम्यानले सन् १९८४ यता सम्पन्न सबै राष्ट्रपति निर्वाचनको भविष्यवाणी गरेका छन् ।

त्यसमध्ये सन् २०० मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार एलगोरले जित्ने उनको भविष्यवाणी गलत सावित भएको थियो । सो निर्वाचनमा एलगोरले सवैभन्दा धेरै पपुलर मत पाए पनि इलेक्ट्रोरल कलेजको मतबाट पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment