Comments Add Comment

अध्ययन भन्छ, पुरुषको भन्दा महिलाको स्मरणशक्ति तेजिलो

memoriesपुरुषको तुलनामा महिलाहरुको स्मरण क्षमता बढि हुने एक अध्ययनले देखाएको छ । ४५ देखि ५५ वर्ष उमेरका महिला र पुरुषहरुमा गरिएको अध्ययनका क्रममा पुरुषको तुलनामा महिलाको स्मरण क्षमता अधिक पाइएको हो ।

साथै अध्ययनले खासगरी महिलाहरुमा महिनावारी बन्द भएपछिको उमेरमा स्मरणशक्तिमा ह्रास आउने तथ्यमाथि पनि प्रकाश पारेको छ । महिनावारी सुक्ने उमेरपछिका महिलाहरु नयाँ कुरा सिक्न तथा पूराना कुरा सम्झिने मामिलामा बढि समस्या झेल्दछन् ।

मेनोपज जर्नलको अनलाइन संस्करणमा छापिएको शोध अनुसार महिनावारी सुकिसकेपछि महिलाको सरीरमा इस्ट्राडायोल हर्मोनमा कमी आउने र सोही कारण नयाँ सिकाइ तथा पूरानो स्मरणमा पनि केही कमी आउँदछ ।

महिनावारी सुकेका महिलाहरुको तुलनामा महिनावारी भैरहेका महिलाहरुको स्मरण क्षमता उच्च भएको पाइएको छ । शोध अनुसार ७५ प्रतिशत बुढापाका मानिसहरुले स्मरणसँग सम्बन्धित समस्या भोगिरहेका हुन्छन् । र, यस्तो समस्या महिलामा अझ बढि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment