Comments Add Comment

जेब्राक्रसमै ठोक्किए तीन सवारी, १ जना घाइते

butwal-accident
घाइतेलाई उद्धार गर्दै प्रहरी

२९ कात्तिक, बुटवल । बुटवलको कालिकानगरमा जेब्राक्रसमा तीनवटा सवारी साधन आपसमा ठोक्किएका छन् । सो दुर्घटनामा एकजना घाइते भएका छन् ।

जेब्राक्रसबाट बाटो काटिरहेका यात्रुलाई बचाउने क्रममा लु १४ प १०१३ नम्बरको निलो पल्सर मोटरसाइकल चालकले एक्कासी ब्रेक लगाए । मोटरसाइकललाई पछाडिबाट आइरहेको सामान बोक्ने लु १ च ५५१३ नम्बरको जीपले ठक्कर दियो र सो जीपमा लु २ ख ५३४ नम्बरको स्कुल बस पनि पछाडिबाट ठोक्कियो ।

सो दुर्घटनामा जीपमा सवार एकजना घाइते भएका छन् । उनलाई तत्काल उपचार गर्न प्रहरीले अस्पताल पठाएको छ । दुर्घटना गम्भिर ढंगले भए पनि कसैको ज्यान भने नगएको प्रहरीले बतायो ।

सवारी साधनले जेब्राक्रसमा ब्रेक नलगाउने प्रवृत्तिले पैदलयात्रु असुरक्षित भएको र दुर्घटना बढेको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment