Comments Add Comment

मधेस केन्द्रित दललाई लचिलो हुन कमल थापाको सुझाव

Kamal-Thapa

२९ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनको विषयमा मधेस केन्द्रित दलहरु लचिलो हुनुपर्ने बताएका छन् ।

माग राख्ने बहानामा मधेस केन्द्रित दलहरुले एक पछि अर्को बुँदा थप गरेर मुलुकको समस्या थप जटिल बनाउदै लगेको आरोप समेत लगाए ।

चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठानको उदघाटन कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रलाई अहित हुने माग नराख्न सुझाव दिए । उनले संविधान कार्यान्वयन तर्फ अघि बढ्न आग्रह समेत गरे ।

संविधान कार्यान्वयन नभएसम्म मुलुक समृद्ध हुन नसक्ने भएकाले सबै दलहरु गम्भीर हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment