Comments Add Comment

नोट साट्ने ग्राहकको औंलामा भोट हाल्ने मसी !

indelible_ink1१ मंसिर, काठमाडौं ।  ५ सय र १ हजार दरका भारुतीय नोट साट्न बैंकमा हजारौं ग्राहकको भीड थाम्न नसकेपछि सरकारले नोट साट्नेको औंलामा भोट हाल्दा प्रयोग गरिने मसि लगाइदिन थालेको छ ।

कालोधन र नक्कली नोट नियन्त्रणका लागि भारतले गत सातादेखि पाँच सय र एक हजार दरका नोट नचल्ने घोषणा गरेको थियो ।

India Currency Overhaulपुराना नोट लिएर नयाँ नोट साटन आउने ग्राहकको भिड यतिबेला भारतीय बैंकका सवैजसो शाखामा हजारौंको संख्यामा छ ।
यही भिड ब्यबस्थापन गर्न भारतीय अर्थमन्त्रालयले मंगलबार भोट हाल्नेलाई जसरी औंलामा मसी लगाइदिने घोषणा गरेको हो ।

‘केही मानिस पटकपटक नोट साटन लाइनमा बस्ने गरेकाले बाँकीले पालो पाउन सकेका छैनन्’ भारतीय बित्त सचिवलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले भनेका छन–‘त्यसैले नयाँ नोट साट्ने प्रत्येकको औंलामा मसी लगाइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment