Comments Add Comment

सामाजिक सञ्जालले सबैलाई लम्पसारवादी बनायो

सरकारमात्रै हैन, हामी जनता पनि लम्पसारवादी

banita-khanalसरकार मात्र होइन, यहाँ सबैजना लम्पसारवादी छन्  । कोही  कुर्सीमा लम्पसार परेर समाज सेवा गर्छन्,  कोही खाटमा लम्पसार परेर फेस्बुक र टुइटरमा बिरोध, समर्थन गर्छन् । कोही  खाटमै लम्पसार परी परी  अनसन बस्नेलाई उक्साउँछन्  ।

लम्पसारवादीहरुको लहैलहैमा लागेर, एउटा डाक्टर जो बिरामीको सेवा गर्छु भनेर प्रण लिएको हुन्छ, बिरामी सेवा छोडेर अनसन गर्दै लम्पसार पर्छ । डाक्टर, जसले बिरामीलाई पोसिलो आहार खान सिकाउँछ, उ आँफै खाना नखार्इ नखार्इ भोकभोकै लम्पसारवादी नेपाली जनताका लागि अनसनमा लम्पसार बन्छ ।

मधेस अंगीकृतको हकअधिकारका लागि लम्पसार। पहाड मधेसको विरोधमा लम्पसार ।

सामाजिक सन्जालले सबैलाई लम्पसारवादी बनायो । अनसन पनि सामाजिक सन्जालमा नै लम्पसार परीपरी बस्न मिल्ने भये सबैजना बस्थे होलान् । तर, भोक भोकै बस्ने कसको आँट ? कसलाई छ फुर्सद ? सबैका जाहान केटाकेटी परिवार छन्। सबैजनाका  डाक्टर केसीको  जस्तो बिहे नगरेको र बालबच्चा नभएको, एक्लै अनसनमा लम्पसार हुन मिल्ने शरीर छैन । मरिहाले रुने परिवार छ । र, त्यही परिवारप्रति तिनको दायित्व छ। चाहेर पनि उनीहरु लम्पसावादीवाट माथि उठ्न सक्दैनन् ।

यो यथार्थ सबैलाई थाहा छ । देशवासीका लागि भनेर कोही आगोमा हाम्फाल्छ भने पनि हाम्फाल्न दिने हो ?  अनि कसैले यसो नगर भने उल्टै उसैलाई गाली गर्ने हो ?

आत्महत्या र हत्या दुबै अपराध हो। यातना पनि अपराध हो। नेपाली जनताका लागि भनेर कुनै डाक्टरले   अनसनको यातना खेप्दै    ज्यान गुमाए को जिम्मेवार हुने ? अनसनले ब्युझिने सरकार भएको भये उहिले ब्युझिसक्थ्यो। लम्पसारवादीका अगाडि आफुपनि लम्पसारवादी भएर के फरक पर्छ र ?

लम्पसार परेकालाई त पानी छ्यापेर हुन्छ कि झट्टारो हानेर हुन्छ उठाउनुपर्छ। हो, म त्यही झट्टारो डाक्टर केसीलाई  हान्दैछु । उनलाई पनि लम्पसारवादी भन्दैछु । एकचोटि अनसन बस्दा भएन, दुई चोटि बस्दा भएन भनेर पटक-पटक अनसनै बसिरहनेलाई लम्पसारवादी नभनेर के भन्ने ?

सत्याग्रह, सत्याग्रह भन्छन ।  इतिहासमा गान्धी सत्याग्रहमा बसेर बिजय प्राप्त गरे भन्दैमा, डाक्टर केसीले पनि न्याय पाउछन् भन्ने छ ? ब्रिटिस लम्पसार्बादी थिएनन् त्यसैले गान्धीको लम्पसारवाद उनीहरुले पचाउन नसकेर हार खाए । हाम्रा नेता आफै लम्पसारवादी छन, तिनलाई केही फरक पर्ला र ?

 

आफ्नो काम आ-आफुले गर्ने दिन कहिले आउँला नेपालमा ? नक्कली डाक्टरले बिरामी जाFच्नु र असली डाक्टरले अनसन बस्नुमा नोक्सानी कसलाई छ् ? आम जनतालाई । डाक्टर केसीलाई अनसनका लागि समर्थन होइन। अनसनबाट बाहिर निकालेर, सबैजना मिलेर केही गरौं । नेताभन्दा जनता धेरै छौं। सबैजना उर्लिए नेताको केही लाग्दैन । सबै जनताको मनमा डाक्टर केसीको जस्तै देशप्रति निस्वार्थ माया जागोस् यही छ मेरो कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment