Comments Add Comment

सबैभन्दा बढी आयकर तिर्ने रेमिट्यान्स बन्यो आइएमई

ime-award
१ मंसिर, काठमाडौं । आइएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आइएमईले उक्त सम्मान पाएको हो ।

रेमिटेन्स कम्पनीहरुमध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री श्री कृष्णबहादुर महराले आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्ऽप्रसाद ढकाललाई सम्मान गरे ।

आइएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउँदै आएको छ । ७५ जिल्लाका ५हजार २ सयभन्दा बढी शाखा/सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment