Comments Add Comment

नाजिर हुसेनको ‘आजको डायरी’: नाटकको तयारीदेखि साथीसँग भेटघाट

najir-husen
म हरेक दिन बिहान ६ देखि साढे ६ बजेसम्म उठिसक्छु । आज पनि बिहान साढे ६ बजे उठेँ । मलाई उठ्ने वित्तिकै कालो चिया चाहिन्छ । कालो चिया पिउने क्रममा म फेसबुक, ट्विटर, इन्स्ट्राग्राम चेक गर्छु । बिहान सधै व्रेकफास्ट नै खान्छु भन्ने छैन । तर, बिहानको खाना खाँदा भने साढे १० भएको थियो ।

खाना खाएर म मेरो घर जडिबुटीबाट सिधै मण्डला थिएटरमा आएँ । मण्डलामा भोलीबाट ‘मिल्क टी’ नामक नाटकको मञ्चन हुँदैछ । हुनत, यो नाटकममा म छैन । तर, पनि साथीहरुलाई शुभकामना दिन पुगेको थिएँ । मण्डलाकै राजन खतिवडा दाइले मसँग एउटा नाटक गर्दै हुनुहुन्छ । सो नाटकको तयारीको बिषयमा पनि छलफल भयो । चिया पिउँदै गफ गरेर म मण्डलाबाट महाराजगञ्ज आइपुगेँ ।

महाराजगञ्जको एउटा रेष्टुरेन्टमा पुराना साथीहरुसँग भेटघाट थियो । मेरो चलचित्र ‘गाँठो’की नायिका नम्रता श्रेष्ठ पनि त्यही थिइन् । हामीले त्यहाँ निकै रमाइलो कुराकानी गर्‍यौँ, खाजा खायाैँ ।

त्यहाँबाट म फेरि मेरो घर आएँ । घर आएको एकछिनमा फेरि व्यक्तिगत भेटघाटका लागि सिफल पुगेँ । सिफलमा एकजना दाइसँग व्यक्तिगत भेटघाट थियो । त्यो काम सकेर अहिले म घर जाँदैछु । घर पुगेर खाना खाँदा वेलुकीको त्यस्तै ९ बज्छ । म वेलुकी खाना खाएर प्राय सामाजिक संजालमै केहिबेर रमाउँछु । निन्द्रा लागेन भने पुस्तक पनि पढ्छु ।

आजको दिन उपलब्धीपूर्ण रुपमा नै वित्यो भन्ने लाग्छ । आजको दिनलाई म ५ मा ३.५ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment