Comments Add Comment

‘नेपाली बालबालिकाको अवस्था सुधारोन्मुख’

५ मंसिर, काठमाडौं । नेपालका बालबालिकाको समग्र अवस्था सुधारोन्मुख रहेको सरकारले दावी गरेको छ ।

nepali-childrenनेपाल बालकल्याण समितिले आइतबार सार्बजनिक गरेको प्रतिवेदनअनुसार बाल मृत्युदर प्रतिहजारमा ३८ छ । यसैगरी शिशु मृत्युदर प्रतिहजारमा ३३ र नवजात शिशु मृत्युदर प्रतिहजारमा २३ सम्म घटेर गएको छ ।

यसलाई समितिले बालबालिकाको अवस्थामा सुधारोन्मुख रहेको निष्कर्षसहित प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार प्राथमिक तहमा विद्यार्थी भर्ना संख्या भने अघिल्लो वर्षको तुलनामा कम छ । २०७२ सालमा प्राथमिक तहमा ४२ लाख ६४ हजार ९४२ विद्यार्थी भर्ना भएका छन् । यसमा छात्रको संख्या २१ लाख ६५ हजार ३८६ र छात्राको संख्या २० लाख ९९ हजार ५५६ रहेको छ ।

तर, गत वर्ष भने ४३, ३५, ३५५ विद्यार्थीहरु भर्ना भएका थिए ।

सामान्यता विद्यालय शिक्षामा बालबालिकाको पहुँचको बृद्धि सन्तोषजनक भए पनि शिक्षाको गुणस्तर कायम गर्न भने चुनौतिपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । शैक्षिक गुणस्तर केन्द्रका अनुसार कक्षा ३ मा नेपाली विषयको विद्यार्थी सिकाइ उपलब्धी राष्ट्रिय औसत सन् २०१२ मा ६३ प्रतिशत रहेकामा सन् २०१५ मा ५२ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment