Comments Add Comment

यस्तो बन्यो ‘साया’को ट्रेलर

saya-nepali-movie
गणीमाई फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्र ‘साया’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा प्रोमिस गुरुङ, उमेश तामाङ, टिना श्रेष्ठ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । यो चलचित्रको निर्देशन पनि कलाकार प्रोमिश गुरुङले नै गरेका हुन् ।

कार्यक्रममा चलचित्रका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर रिलिज गरिएको हो । रामकृष्ण मगर र प्रोमिश गुरुङले चलचित्रमा लगानी गरेका छन् ।
चलचित्रमा भरत क्षेत्रीको एक्सन, प्रज्वलित पराजुलीको सम्पादन, बाबुराम नेपालीको छायांकन छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा यसका कलाकार तथा निर्देशक गुरुङले ‘साया’लाई प्रेमले भरिएको चलचित्र भनेका छन् । यो चलचित्र पौष ८ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment