Comments Add Comment

शाहरुखसँग रोमान्स गर्न नपाएकोमा गुनासो छैनः आलिया

alia-and-sharukhमुम्बई । बलिउडमा रोमान्स किंङ मानिने शाहरुख खानसँग काम गरेर पनि रोमान्स गर्न पाएनन् भने दुःखी हुन्छन् नायिका । तर, आलिया भट्टले रोमान्स गर्न नपाए पनि कुनै गुनासो नरहेको बताएकी छिन् ।

आलियाले ‘डियर जिन्दगी’ मा शाहरुखसँग काम गरेकी छिन् । ‘यसमा मैले शाहरुखसँग रोमान्स गर्न पाईन तर, आउँदा दिनमा मौका मिल्यो भने पक्कै गर्छु’ आलियाले भनिन् ।

गौरी सिन्देको निर्देशनमा बनेको यस फिल्ममा शाहरुख खान आलियाको लाइफ कोच बनेका छन् । उनी शाहरुखसँग राम्रै प्रभावित भएकी रहिछन् । फिल्म उद्योगमा २५ वर्ष बिताएका शाहरुखले सह-कलाकार गर्ने ब्यबहारको प्रसंसा गरिन् उनले । ‘उनको यहि स्वभावको कारण उनलाई सुपरस्टार बनाएको छ’ आलियाले भनिन् ।

पहिलो पटक ११ वर्षको उमेरमा उनको शाहरुख खानसंग भेट भएको थियो । उनी आफ्नो बुबा महेश भट्टसंगै शाहरुखको घर गएकि थिईन् । ‘मैले स्याडवीच खाँदै शाहरुखलाई हेरेको थिँए ।’ आलियाले भनिन् ।

त्यसो त महेशले आलियालाई पूजा भट्ट भन्दा बेजोड कलाकार भन्ने गरेका छन् । तर, आलिया पूजामा जति आर्टिष्टिक क्षमता आफुमा नभएको बताउछिन् । ‘उहाँ म भन्दा १० गुना क्षमतावान हुनुहुन्छ । म निर्देशक हुन सक्दिन, जुन काम उहाँले गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment