Comments Add Comment

अब नपडि्कने ग्यास सिलिन्डर ! सबै उद्योगले ५ प्रतिशत राख्नैपर्ने

composite-cylinder-2९ मंसिर, काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डरमा आगलागीको जोखिम उच्च हुँदा उपभोक्ताहरु सँधै त्रासमा हुन्छन् । तर, अब केही समयपछि भने तपाईंले आफ्नो भान्छामा नपडि्कने गुण भएको सिलिन्डर राख्न पाउनुहुनेछ ।

नेपाल आयल निगमले फलामबाट बनेको परम्परागत सिलिन्डरको सट्टा आधुनिक प्रविधिको ‘कम्पोजिट’ सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ ।

यसलाई तत्काल अनिवार्य नगरेपनि प्रयोगमा प्रोत्साहन गर्दै लैजाने नीति निगमको छ । यसका लागि सबै ग्यास उद्योगले ५ प्रतिशत ‘कम्पोजिट’ सिलिन्डर राख्नु पर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले बताए ।

‘एकैपटक पुराना सिलिन्डरको विस्थापन सम्भव हुँदैन । कम्पोजिट सिलिन्डरमा उपभोक्ताको ध्यान तान्न र ग्यास प्रयोग गर्दा सुरक्षित महसुस गराउने वातारण तयार गर्न यसलाई प्रयोग ल्याउन दिने तयारी गरेका हौं’ खड्काले अनलाइनखबरसँग भने ।

उनका अनुसार यो सिलिन्डर अबको केही समयभित्र नेपाल भित्रिनेछ ।  गुणस्तर तथा नापतौल विभागले झण्डै २ वर्षअघि नै कम्पोजिट सिलिन्डर प्रयोग गर्न सकिने गरी मापदण्ड बनाएको थियो ।

पहिलो लटमा कति सिलिण्डर आउँछन् ?

अहिले ५३ वटा कम्पनीले खाना पकाउने ग्यासको कारोबार गर्दै आएका छन् र बजारमा झण्डै ८० लाख फलामे सिलिन्डर छन् ।

composite-cylinder
र, सबै एकै पटक विस्थापित गर्न सम्भव पनि छैन । पहिलो चरणमा झण्डै ३ देखि ४ लाख कम्पोजिट सिलिन्डर बजारमा आउनेछन् । कम्पोजिट ग्यास सिलिन्डर किन्दा केही महंगो परेपनि निगमले तोकेकै दरमा ग्यास भर्न पाइनेछ ।

के हो कम्पोजिट सिलिन्डर ?

कम्पोजिट सिलिन्डर फाइबरबाट बनेको हुछ र आगो लागे पनि हत्तपत्ति नपडि्कने नै यसको प्रमुख विषेषता हो । यसैकारण यो सिलिन्डर निकै सुरक्षित मानिन्छ ।

यसको प्रयोगमा जोखिम एकदमै कम हुने भएकाले कम्पोजिट सिलिन्डर प्रयोगमलाई अनुमति दिन लागिएको आयल निगमले जनाएको छ ।

यो सिलिन्डर परम्परागतभन्दा निकै हलुका हुन्छ । १४ केजी ग्यास भरिसकेपछि यसको तौल २२ केजी मात्रै हुन्छ । यसले ग्यासको ढुवानीलाई सहज हुनेछ । यो सिलिण्डरलाई भान्छामा यता-उता सार्न पनि सहज हुने गरी डिजाइन गरिएको हुन्छ ।

भन्सार छुट माग

अहिले प्रयोगमा रहेको सिलिन्डरभन्दा कम्पोजिट मंहगो हुन्छ । तर, सुरुमा उपभोक्तालाई सुरक्षित सिलिन्डरमा बानी पार्न र यसको महत्व थाहा दिन उद्योगले किन्न सक्ने गरी कम्पोजिट सिलिन्डरको व्यवस्था गर्नु पर्ने हून्छ ।

निगमले त्यसको प्रयोगलाई प्रोत्साहन गर्न सरकारसँग भन्सार छुटको माग गरेको छ । ‘हामीले सरकारसँग कम्पोजिट सिलिन्डरमा भन्सार छुट गर्न माग गरेका छौं । यो भए नपडि्कने सिलिन्डर सस्तो भएर सबैको पहुँचमा पुग्नेछ । सुरक्षित सिलिन्डरको प्रयोगलाई बढवा दिन सरकारले भन्सार छुट गर्न सक्छ’ निगम प्रमुख खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment