Comments Add Comment

रामेछापमा गाडीभित्र जलेको अवस्थामा शव भेटियो

९ मंसिर, मन्थली । रामेछाप जिल्लाको मझुवा गाविस-१ मानेडाँडामा बिहीबार विहान गाडीसँगै जलेको अवस्थामा एउटा शव फेला परेको छ । मे १ ज २१८७ नम्बरको गाडीभित्र शव फेला परेको हो ।

moter-burning
फाइल तस्वीर

स्थानीयले दिएको जानकारी अनुसार विहान करिव साढे चार बजेतिर विपि मार्ग हुँदै रामेछापको सित्खामा रहेको सुनकोसी पुलबाट सो गाडी रामेछापको मझुवा तर्फ लागेको थियो । गाडीमा विहान ६ बजेतिर आगो लागेको देखिएको स्थानीयले बताएका छन् । आगो लागेपछि स्थानीयले गएर हेर्दा गाडी जलेर क्षतिग्रस्त भएको र गाडिभित्र एकजना मानिसको समेत मृत्यु भएको देखेपछि प्रहरीमा खबर गरेका थिए ।

खबर पाएलगत्तै रामेछापका प्रहरी प्रमुख कुमुद ढुंगेलसहितको टोली घटनास्थलमा गएको थियो । जलेर मृत्यु भएका गाडी चालक नै भएको हुनसक्ने अनुमान रहेको रामेछापका प्रहरी प्रवक्ता प्रेमकुमार जोशीले जानकारी दिए ।

गाडीमा कसैले बाहिरबाट आगो लगाइदिएको हो वा आफै आगलागि भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment