Comments Add Comment

श्रीलंकाले जित्यो त्रिकोणात्मक एकदिवसीय श्रृखला

sri-lanka-cricket

१२ मंसिर, काठमाडौं । जिम्बावेलाई ६ विकेटले पराजित गर्दै श्रीलंकाले त्रिकोणात्मक एकदिवसीय श्रृखला जितेको छ ।

बुलावायोमा पहिले ब्याटिङ गरेको जिम्बावे ३६.३ ओभरमा १६० रन जोड्दा अल आउट भयो । उसका लागि टीके मुसाकान्डाले ३६ रन बनाए भने शन विलियम्सले ३५ रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

जिम्बावेलाई सस्तैमा समेट्ने क्रममा जेफ्री भन्डरसे र असेला गुनारात्नले समान ३-३ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको श्रीलंकाले ३७.३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात भने खराव थियो । ओपनर धनन्जय डी सिल्भा पहिलेा बलमै आउट भएका थिए ।

तर, कुशल मेन्डिस र उपल थरांगानाले अर्धशतक पुरा गर्दै जिताए । मेन्डिस ५७ रनमा आउट भए भने थरांगाना ५७ रनमै अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment